अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 21:56

काठमाडौंमा नेकपा विप्लवको जनसभा तथा शक्ति प्रदर्शन,आतंककारी पुष्टी गरेर देखाउन सरकारलाई चुनौति

बिआरटीनेपाल २०७५ मंसिर ८ गते १:४४ मा प्रकाशित

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफूहरुलाई आतंककारीको पुष्टी गरेर देखाउन सरकारलाई चुनौति दिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिबार राजधानीको भृकुटीमण्डपमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले आतंककारीको पुष्टी गर्न सरकारलाई चुनौति दिनुभएको हो ।

सरकारको कार्यशैलीबाट आफुहरुले वर्तमान सरकारलाई सामाजिक रुपको दलाल पुँजीवादी सरकार हो भनेर संश्लेषण गरेको भन्दै उहाँले बर्तमान सरकार कम्युनिष्ट रुपको कंग्रेस समेतलाई उछिन्ने दलाल सरकार रहेको टिप्पणी गर्नुभयो । आफूहरुलाई गर्ने व्यवहार लगायत सरकारका सबै घटनाक्रमले दलाल पुँजीपति वर्गको सरकार भएको पुष्टी गरिरहेको उहाको दावी थियो ।

आफ्नो पार्टीलाई अघोषित प्रतिबन्ध लगाउने प्रयास भईरहेको भन्दै प्रवक्ता प्रकाण्डले त्यसो नगर्न सरकारलाई चेतावनी दिनुभयो । आफुहरुको पार्टीका विरुद्ध दमन गर्ने सरकारको रुपमा ओली र प्रचण्डको पार्टी र सरकार तथा रामबहादुर थापा वादलको गृहप्रशासन आएको उल्लेख गर्दै उहाँले पार्टीलाई अघोषित प्रतिवन्ध लगाउने खेल चलिरहेको आरोप लगाउनुभयो । नेकपा माथि यस्तो हर्कत तुरुन्त रोक्न आग्रह गर्दै उहाँले त्यसो हुन नसके नेपाली जनताका सत्तारुढ नेकपा प्रतिबन्धित हुने चेतावनी दिनुभयो ।

मुलुकको राष्ट्रिय संकटको मुल कारक नै वर्तमान सरकार भएको भन्दै प्रकाण्डले निर्णायक क्रान्तिमा सहभागी हुन सवैलाई आव्हान गर्नुभएको छ । वर्तमान संकटको समाधान भनेको वैज्ञानिक र एकिकृत जनक्रान्ति र समाजवादको स्थापना भएकाले आफुहरुको आन्दोलनमा सहभागी हुन पनि उनले सबैलाई आव्हान गर्नुभयो ।


यसैवीच, नेत्रविप्लव चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज (शनिबार) पार्टी पुनर्गठन दिवस मनाएको छ । दिवसको अवसमा पार्टीले काठमाडौंको भृकुटीमण्डपमा अपरान्ह जनसभाको आयोजना गरेको थियो । जनसभालाई पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा, नेकपा अध्यक्ष ऋषि कट्टेल, नेकपा मालेका महासचिव सिपी मैनाली, माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती लगायतकाले सम्वोधन गर्नुभएको थियो ।

 

देशका विभिन्न जिल्लाबाट आएका नेकपाका कार्यकर्ताहरू नाराबाजी गर्दै राजधानीका विभिन्न चोकबाट भृकुटीमण्डप पुगेका थिए । जनसभाअघि विभिन्न स्थानबाट झाँकीसहितको र्याली निकालिएको थियो । आजको जनसभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने बताईए पनि अन्तिम समयमा आएर उहाँ कार्यक्रममा सहभागी हुनुभएन । नेकपाको जनप्रदर्शन तथा सभालाई लक्षित गर्दै आज काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाईएको थियो ।

प्रतिक्रिया