अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२७ | Colorodo: 06:42

ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण जनवरी ५ मा अमेरिकाको डेनभर सहरमा हुँदै

बिआरटीनेपाल २०७५ मंसिर ७ गते २१:३३ मा प्रकाशित

आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण २०१८ हुने भएको छ । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर सहरमा आगामी जनवरी ५ तारिख २०१९ मा उक्त अवार्ड आयोजना गरिने भएको हो । 

नेपाली चलचित्रकर्मीहरूलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक संस्थाका अधक्ष्य नवराज श्रेष्ठले बताएका छन् ।

विगत २ वर्षमा दुई संस्करण संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमानै सफलता पूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ ।

नेपाली चलचित्रकर्मीहरूलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली सिनेमाको बजार प्रवर्द्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको ग्लोबल नेपाली फिल्म अवार्डको नेपाल संयोजक तथा नेपाल फिल्म सोसाइटीका मदुकुमार श्रेष्ठले अवगत गराएका छन् ।

अवार्डको तयारी तीव्र रूपमा भइरहेको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराएका छन् भने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ र संयोजक मदु कुमार श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू