अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 00:43

वर्ड क्याम्प २०१८ पोखरामा हुँदै

बिआरटीनेपाल २०७५ मंसिर ७ गते ८:३० मा प्रकाशित

विश्वमा निर्माण हुने वेभसाइटहरुको ३० प्रतिशतभन्दा बढी वेबसाईटहरु वर्डप्रेस प्रयोग गरी बनाइने एक सर्वेक्षणमा उल्लेख छ । त्यस्तै विश्वमा प्रयोग गरिने कन्टेन्ट म्यानेजमेन्ट सिस्टमहरुको ६० प्रतिशतभन्दा बढी हिस्सा वर्डप्रेसले ओगटेको छ । वर्डप्रेस सामान्य र व्यक्तिगत ब्लग लेख्नेदेखि ठूला समाचारमूलक वेवसाइट, इ कमर्श वेवसाइट, कम्पनीका वेबसाइट, सरकारी तथा गैर सरकारी संघ संस्थाका वेबसाइट आदि बनाउन प्रख्यात रहँदै आएको छ ।

कार्यक्रममा वर्डप्रेसमा व्यवसायिक काम गर्दै गरेका र कामगर्न इच्छुक व्यक्ति र कम्पनि, सूचना प्रबिधिमा भविष्य निर्माण गर्न खोजेका विद्यार्थी तथा वर्डप्रेससँग कामगरि ख्याति प्राप्त व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरि लाभ लिन सकिने बताइएको छ । उक्त क्याम्पमा राष्ट्रिय अन्र्तराष्ट्रिय गरी १७ जनाले सहजीकरण गर्ने कार्यक्रम संयोजक पितमबहादुर सेनले जानकारी दिनुभयो ।

उहाँका अनुसार विशेष आकर्षणका रुपमा भारतको गुगल सर्च क्वालिटी टिमकै विज्ञ आशेश मरिनाले ‘म्यानेजिंग योर अनलाइन प्रिजेन्स अन गुगल सर्च’ विषयमा र अभिषेक देशपाण्डेले ‘मोर्डन वर्डप्रेस डेभलपमेन्ट इन्भारमेन्ट’ विषयमा सहजीकरण गर्ने छन् ।

जापानका ताकायुकी मियाउचीले ‘उइ लभ अटोमेसन स् एण्ड इन्टोक्सन टु डब्लु पी सिएलआइ’ विषयमा र बंगलादेशका मिजानुर रहमन मिजानले ‘कन्ट्रिबियुट टु दी वडप्रेस रिप्रोजेटरी इन अ स्मार्ट वय’ शीर्षकमा सहजीकरण गर्ने वक्ता छनौट समितिका संयोजक विप्लव सुवेदीले जानकारी दिनुभयो ।

मिडिया संयोजक सुनिल पाण्डेका अनुसार पोखराका सात जना र काठमाडौंका विज्ञले सहजीकरण गर्नेछन् । क्याम्प सञ्चालनका लागि कुल लागत १० लाख लाग्ने अनुमान गरिएको वित्त संयोजक प्रतिमा शर्माले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि उकमर्स, जेटप्याक, वेवपेज नेपाल, थिमम, गोड्याडी, डब्लुपिड्रिजल, योष्ट एकेडेमी, ब्लु होस्ट, डब्लुपी इआरपी, नेपकम्स सर्भिसेस, डब्लुपी ट्राभल, कोड पिक्सेल्ज मिडिया, पिकप्लगइन्स, डब्लुपी फ्याक्ट्री, स्क्यानसफ्ट विल्डर्स, उर्जा ल्याब, डिजाइन्स नेपाल क्रियटिभ सोलुसन, एक्स एल सफ्टटेक, स्तुपा टेक्नोलोजी, मण्डला आइटी सोलुसन्स र स्टिकरम्युल लगायतका संस्थाले प्रायोजन गरेका छन् ।

कार्यक्रममा ४०० जनाभन्दा बढीले सहभागिताका लागि आवेदन गरेका छन् । वर्डप्रेस निशुल्क रुपमा पाइने बहुचर्चित ओपन सोर्स सफ्टवेयर भएको र यसलाई सजिलैसँग सिक्न सकिने भएकोले यसको प्रयोग गुणात्मक रुपमा वृद्धि भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू