अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 01:30

पोखरामा निकालियो धार्मिक र्याली

बिआरटीनेपाल २०७५ मंसिर २ गते ८:४२ मा प्रकाशित

पोखरामा पहिलो पटक धार्मिक शान्ति र्याली निकालिएको छ । पूर्णब्रह्म कबीर उपासक समाज नेपालले धार्मिक शान्ति र्यालीको आयोजना गरेको हो । उक्त शान्ती र्याली स्वतः स्फूर्त रुपमा हजारौ भक्तजनको सहभागिता रहेका थियो । र्यालीमा हत्या हिसां वन्द गरौं , भ्रष्टाचारको अन्य गरौं भन्दै सहभागीहरुले नारावाजी गरेका थिए । र्यालीमा सहभागीले वैदिक सनातन धर्मलाइ अवलम्वन गरौं, हत्या हिंसा त्यागौं शाहाकारी वनौं, पशुपक्षीमा पनि आत्मा छ , सवैले माया गरौ लगाएत लेखिएका प्लेकार्ड वोकेका थिए ।

पोखराको नदीपुरबाट सुरु भएको धार्मिक शान्ति र्याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, सभागृहचोक, पृथ्वीचोक, नयाँबजार हुदैँ नदीपुरमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

उक्त कार्यक्रम मार्फत आदि सनातन धार्मिक जागरण फैल्याउँदै मित्र राष्ट्र भारतमा मुद्धा चलाइएका नेपाली भक्तात्मालाई स—सम्मानपूर्वक मुक्त गराउन नेपाल सरकारको ध्यान आकर्षण गराउनुका साथै कुटनीतिक नियोग मार्फत भारत सरकारलाई अनुरोध गरि जनतालाई परेको मर्कामा साथ दिन नेपाल सरकार समक्ष अपिल गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू