अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 03:44

सरकारले निरन्तरतामा क्रमभंगता गर्न सकेन–नेकपा नेता सापकोटा

बिआरटीनेपाल २०७५ मंसिर २ गते ८:३१ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्नि प्रसाद सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको बताउनुभएको छ । सरकार निरन्तरताको लागिमात्रै नभएको र प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री हुँदा हुँदैपनि उहाँको टिममा रहेका मन्त्रिहरुबीच टिम–स्पिरिट नदेखिएको उहाँले टिप्पणी गर्नुभयो ।

वर्तमान सरकारले जनताका चाहना र आकांक्षा पूरा गर्नेगरि काम गर्न नसकेको स्वीकार गर्दै नेता सापकोटाले अब भने जनताका चाहनाअनुसार काम गर्न ब्रेक–थ्रु हुनैपर्ने आवश्यकता औल्याउनुभयो । वर्तमान सरकार ईतिहाँसकै शक्तिशाली सरकार भएकाले निरन्तरतामा क्रमभंगता हुनुपर्दथ्यो भन्ने आफूहरुको चाहना रहेको सापकोटाको भनाई थियो ।

तर, उहाँले सरकार रणनीतिक महत्वका काममा पूर्ण सफल भएको दावी गर्नुभएको छ ।सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई उचाई प्रदान गर्न, द्धिपक्षीय सम्बन्धलाई गुणात्मक बनाउन र ल्याण्ड–लक्डबाट ल्याण्ड–लिंकतर्फ मुलुकलाई अघि बढाउनेजस्ता महत्वपूर्ण रणनीतिक महत्वका काम सम्पन्न गरेको सापकोटाले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू