अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 22:25

वर्तमान सरकार पूर्ण रुपमा असफल, ओलीभन्दा प्रचण्ड गतिशिल – विश्लेषक डा.सुरेन्द्र केसी

बिआरटीनेपाल २०७५ मंसिर २ गते ८:२९ मा प्रकाशित

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गर्नुभएको छ । आइतबार काठमाण्डौमा आयोजत साक्षात्कारमा बोल्दै उहाँले निर्वाचनका ताका जनता समक्ष गरेका प्रतिबद्धता र वाचाहरु वर्तमान सरकारले अहिले पूर्ण रुपमा छोडिसकेको उल्लेख गर्दै सरकार असफल भएको टिप्पणी गर्नुभएको हो ।

सरकारले बोलेका कुराहरु केही पनि पूरा नगरेको आरोप लगाउदै डा. केसीले सड्कका खाल्डाखुल्डीहरु पुर्ने, समयमा काम नगर्ने ठेकेदारहरुलाई कारबाही गर्ने, सिण्डिकेट हटाउँने लगायतका प्रतिवद्धतामा सरकार पूर्ण असफल भएको बताउनुभयो । भ्रष्टाचारीहरु माथिको कारवाही, ३३ किलो सुन प्रकरण र निर्मला पन्तको बलात्कारपछि हत्याको प्रकरण लगायतका बिषयमा सरकारले केही पनि प्रधावकारी काम गर्न नसकेको उहाँको भनाई थियो ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत यो सरकारले काम गर्न सकेन भनेर सैद्धान्तिक कुरा उठाएको उल्लेख गर्दै विश्लेषक केसीले पछिल्लो समय विभिन्न निकायमा गरिएको नियुक्ती प्रकरणले प्रधानमन्त्री ओली थप आलोचित बनेका बताउनुभयो । नेकपा नेताहरु झलनाथ खनाल र माधव नेपालले पनि यो सरकारको बारेमा आलोचना र अध्यक्ष प्रचण्डले पनि सरकारको गियर बढाउनुपर्छ भनेकोले सरकाको असफलता छर्लङ्ग भएको उहाँको भनाई छ । ओली सरकारले कुनैपनि क्षेत्रमा आशातित नतिजा नदेखाएको उहाको आरोप छ ।

एक फरक प्रसँगमा केसीले तुलनात्मक रुपमा ओलीभन्दा प्रचण्ड राम्रो र गतिशिल नेता भएको समेत बताउनुभयो । अहिलेका नेताहरुमा प्रचण्ड गतिशील रहेको तर प्रचण्डको गतिशिलता जनताको लागि लागि प्रयोग हुन नसकेको उहाको ठहर थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू