नेपालको पशुपतिनाथ मन्दिर ,भगवान गौतम वुध्दको जन्मस्थल लुम्विनी र व्दारिकाज होटल वर्ल्ड बुक अफ रेकर्डमा सूचीकृत भएका छन् सो संस्था व्दारा आज राजधानीमा आयोजित एक कार्यक्रममा संस्कृत तथा पर्यटन मन्त्री रविन्द्र अधिकारी र भारतीय जनता पार्टीका सदस्य एवं भारतीय सासंद कलराज मिश्रले ती संस्थाका प्रतिनिधिहरूलाई सूचिकृत प्रमाण पत्र हस्तान्तरण गर्नु भयो।
विश्वको सबै भन्दा पुरानो मन्दिरका रूपमा पशुपतिनाथ मन्दिरलाई ,विश्वमा घेरैले भ्रमण गर्ने स्थलका रूपमा लुम्वीनीलाई र नेपाली कला संस्कृति को उत्कृष्ठ होटलका रूपमा होटल व्दारिकाजलाई वर्ल्ड बुक अफ रेकर्डमा सूचीकृत गरिएको त्यस अवसरमा जानकारी दिईयो । संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारी यसले नेपालको पर्यटन प्रर्वधनमा थप सधाउ पुग्ने बताउनु भयो।
सो अवसरमा भारतीय जनता पार्टीका सदस्य एवं भारतीय सासंद कलराज मिश्रले नेपाल ज्ञान र पूण्यको पवित्र भूमिका रूपमा रहेको बताउनु भयो ।