अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 22:22

श्रीलंकामा राष्ट्रपति सिरिसेनाद्वारा संसद भंग, जनवरी ५ मा आम निर्वाचन गर्ने घोषणा

बिआरटीनेपाल २०७५ कार्तिक २४ गते ४:२१ मा प्रकाशित

चरम राजनीतिक संकटमा गुज्रिरहेको दक्षिण एसियाली मुलुक श्रीलंकामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद भंग गर्नुभएको छ । संसद भंग गर्नुभएका उहाँले बढ्दो राजनीतिक संकटकाबीच जनवरी ५ मा आम निर्वाचन गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्त गरेर अक्टोबर २६ मा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । त्यसयता , विक्रमासिंघेले राष्ट्रपतिको कदम असंवैधानिक भन्दै प्रधानमन्त्रीबाट हट्न अस्वीकार गर्दै आउनुभएको छ ।

अहिले पनि विक्रमासिंघेले प्रधानमन्त्रीको निवास छोड्नुभएको छैन र उहाँ प्रधानमन्त्री निवास टेम्पल ट्री मै बसिरहनुभएको छ । श्रीलंकामा कार्यकारी राष्ट्रपति र सीमित अधिकार भएका प्रधानमन्त्रीको संवैधानिक व्यवस्था छ । तर पछिल्लो पटक संशोधित संविधानमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई स्वेच्छाले हटाउन सक्ने प्रावधान भने छैन ।

संसदमा विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा मात्र राष्ट्रपतिले आफूलाई हटाउन सक्ने दाबी विक्रमासिंघेले गर्दै आउनुभएको छ । यसैबीच, राष्ट्रपति सिरिसेनाले भने पछिल्लो समय संसद नै भंग गरिदिनुभएको छ । विक्रमासिंघेको संयुक्त नेशनल पार्टी (यूएनपी) का एक सांसदले संसद भंग गर्ने कदम ‘अवैध’ मानिने र यो अस्वीकृत हुने बताउदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू