अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 00:00

मुख्यमन्त्री डोरमणिको सीआईएसँग साँठगाँठ रहेको बर्खास्त मन्त्री केशव स्थापितको आरोप

बिआरटीनेपाल २०७५ कार्तिक २० गते ८:४६ मा प्रकाशित

बर्खास्तीमा परेका प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सीआईएसँग साँठगाँठ रहेको गम्भिर आरोप लगाउनुभएको छ । स्थापितले संविधान, कानुन विपरित अराजक ढंगले मुख्यमन्त्री पौडेल चलिरहेको दावी गर्दै तिहारपछि उहाँविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै स्थापितले प्रदेश राजधानी हेटांैडाबाट अन्यत्र सर्न नदिन मुख्य मन्त्री पौडेलले आफूलाई पदबाट बर्खास्त गरेको दावी गर्नुभयो । स्थापितले मुख्यमन्त्री पौडेलले प्रदेश मन्त्रिपरिषद्लाई जानकारी समेत नदिई प्रदेश नीति तथा योजना आयोग गठन गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

स्थापितलाई आफूमाथि दुव्र्यवहार गरेको र कार्य सम्पादनमा चित्त नबुझेको भन्दै मुख्य मन्त्री पौडेलले पदबाट बर्खास्त गर्नुभएको थियो । स्थापितले मुख्यमन्त्री पौडेलले आफूमाथि अनियमितता गरेको आरोप लगाएपछि मन्त्रिपरिषद बैठकमा त्यसको प्रतिवाद गर्नु परेको स्पष्टिकरण समेत दिनुभएको छ । स्थापितले आफूले अनियमितता गरेको पुष्टि गरेर देखाउन मुख्यमन्त्री पौडेललाई चुनौति पनि दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू