अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 03:08

नेपाली काँग्रेसको महासमिति बैठक मंसिर २८ बाट, नेता गच्छदार उपसभापति चयन

बिआरटीनेपाल २०७५ कार्तिक २० गते ८:४२ मा प्रकाशित

नेपाली काँग्रेसको महासमिति बैठक मंसिर २८ गतेबाट शुरु हुने भएको छ । मंसिर ५ देखि ९ गतेसम्मका लागि बोलाइएको नेपाली काँग्रेसको महासमिति बैठक तीन साता पछि सारिएको हो । मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमिति बैठक मंसिर २८ देखि पुष ३ सम्म बस्ने गरी सार्ने निर्णय गरेको छ ।

आज वसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा काँग्रेस नेता रमेश लेखकले समय अभावका कारण मंसिर ५ गतेबाट बोलाईएको महासमिति बैठक पछि सार्नु परेको जानकारी दिनुभयो । यसैगरी आजको बैठकले नेता विजय कुमार गच्छदारलाई काँग्रेस उपसभापतिमा चयन गरेको छ । आजको बैठकमा नेविसंघको अधिवेशनका बारेमा कुनै छलफल नभएको नेता लेखकले बताउनुभयो ।

यसैबीच, आजको बैठकले लेखा परीक्षण समिति गठन गरेको छ । समितिको संयोजकमा श्याम घिमिरे लाई चयन गरिएको छ ।

 

प्रतिक्रिया