अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 23:14

गलत काम गर्नेलाई कुनै छुट छैन– अख्तियार प्रमुख घिमिरे

बिआरटीनेपाल २०७५ कार्तिक १८ गते ८:१४ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले गलत काम गर्ने जोसुकै लाई पनि अख्तियारले छुट नदिने बताउनुभएको छ । आफूहरुले गैरकानुनी कामहरुको सुक्ष्म निगरानी गरिरहेको भन्दै उहाँले गलत गर्ने कसैलाई पनि छुट नहुने बताउनुभएको हो । सुदूरपश्चिम प्रदेशका मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुख तथा कार्यालय प्रमुखहरुलाई इमान्दारिता पूर्वक आफ्नो जिम्मेवारी निर्बाह गर्न निर्देशन दिदै प्रमुख आयुक्त घिमिरेले गलत कार्य गर्ने कोही नबच्ने बताउनुभएको छ ।

धनगढीमा आइतबार आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बर्द्धन सम्बन्धी अन्र्तक्रियामा प्रमुख आयुक्त घिमिरेले पहिले थुन अनि सुनको अवधारणमा आफूले काम गरिरहेको बताउँदै पर्याप्त प्रमाणहरु पुगेको अवस्थामा पहिले थुन्ने र त्यसपछि मात्रै बाँकी अनुसन्धान अघि बढाइने प्रष्ट पार्नुभयो ।

कन्चनपुरको महेन्द्रनगरमा नवनिर्मित भवनको उद्घाटन गर्न धनगढी पुग्नुभएका प्रमुख आयुक्तले भ्रष्टाचार हुने गरेको सूचना आइरहेकोले गैरसरकारी संस्थाहरुको पनि निगरानी गर्न पाउनुपर्ने बताउनुभयो । गैससको निगरानी गर्नका लागि अहिले मन्त्रिस्तरिय बैठकमा प्रस्ताव लगिएको भन्दै प्रमुख आयुक्त घिमिरेले प्रस्ताव पारित भए गैरसरकारी संस्थाहरुमा समेत अख्तियारको निगरानी बढाउने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू