अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७
| Colorodo: 23:22
निर्मलाका लागि न्याय अभियानले राजधानीको व्यस्त स्थान नयाँ बानेश्वरमा युवाहरूको डिएनए परीक्षणका लागि भन्दै रगत संकलन गरेर सांकेतिक विरोध गरेको छ । पन्तको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न सरकार असक्षम भएको भन्दै चौतर्फी विरोध भइरहेका बेला निर्मलाको न्यायको पक्षमा उभिएका स्वतन्त्र नागरिकहरू डिएनए परीक्षण कार्यक्रममा सहभागी भएका हुन् ।
हत्यारा पत्ता लगाउन भन्दै सरकारले सामूहिक डिएनए परीक्षण गर्ने तयारी गरिरहेका बेला नागरिकहरूले सरकारलाई दबाब दिन यस्तो कार्यक्रम गरेका हुन् । स्वतन्त्र रूपमा न्यायको पक्षमा उभिएका सर्वसाधारणले शनिबार दिउँसो नयाँ बानेश्वरमा डिएनए परीक्षणका लागि भन्दै रगत दिएका थिए । निर्मलाका लागि न्याय अभियानले नयाँ बानेश्वरमा शनिबार संकलित तीन दर्जन बढी रगत नमूनालाई गृहमन्त्रीलाई बुझाउने तयारी गरेको छ ।