अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 06:51

पदबाट बर्खास्त भएका स्थापित भन्छन्, ‘मलाई थाहा छैन’

बिआरटीनेपाल २०७५ कार्तिक १७ गते ८:५३ मा प्रकाशित

हेटौंडा – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई अपमान गरेको भन्दै विवादमा तानिएका प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित बर्खास्त गरिएको समाचार आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ । 

समाचारमा मुख्यमन्त्री पौडेल र मन्त्री केशव स्थापितको भनाइ छापिएको छ ।

सबैसँग छलफलपछि बर्खास्त गरेको हुँ

‘मैले प्रधानमन्त्रीदेखि पार्टी नेतृत्व र प्रदेशका सबै मन्त्रीसँग छलफल गरेरै निर्णय लिएको हुँ । उहाँ (स्थापित) को व्यवहार र अपशब्द प्रयोगका कारण निर्णय लिन बाध्य भएको हुँ ।’ -डोरमणी पौडेल, मुख्यमन्त्री

आधिकारिक जानकारी पाएको छैन 

‘मलाई आधिकारीक जानकारी छैन । शुक्रबार साँझसम्म पनि आधिकारीक पत्र, म्यासेज, इमेल वा फोन केही आएको छैन । आधिकारिक जानकारी पाएपछि प्रधानमन्त्रीसँग छलफल गर्छु । राजनीतिमा यस्तो उतारचढाव भइरहन्छ, मैले सामान्य रुपमा लिएको छु ।’ -केशव स्थापित, निवर्तमान मन्त्री

प्रतिक्रिया