अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 15:45

यु– १५ साफ च्याम्पियनशीपः नेपाल सेमिफाइनलबाटै बाहिरियो, पाकिस्तानसित ४–० ले पराजित

बिआरटीनेपाल २०७५ कार्तिक १५ गते १०:२९ मा प्रकाशित

नेपाल १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ । साविक उपविजेता नेपाल बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पाकिस्तानसित ४–० को फराकिलो अन्तरले पराजित भएको हो । नेपालले मध्यान्तरसम्मको खेल गोलरहित बराबरी खेले पनि मध्यान्तरपछि लगातार ४ गोल खान पुग्यो । जान लिम्बूले आत्मघाती गोल गरेपछि ५४औं मिनेटमा पछि परेको नेपालले ५९औं मिनेटमा जानले ‘फल’ गरेपछि पाकिस्तानले पाएको पेनाल्टीमा अर्को गोल खाएको थियो ।

नेपालले ६९औं मिनेटमा पनि पेनाल्टीमार्फत् नै गोल खाएको थियो । ७८औं मिनेटमा थप एक गोल खाएको नेपाल मध्यान्तरपछि कमजोर रणनीति बनाउँदा पराजित भएको हो । अब पाकिस्तानले उपाधिका लागि शनिबार बंगलादेशसित खेल्नेछ ।बिहीबारै भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको थियो । नेपालले शनिबारै तेस्रो स्थानका लागि भारतसित खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू