अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 10:59

भ्रमण वर्ष २०२०’को संयोजक तोक्न ढिलाइ गरेकोमा व्यवसायी असन्तुष्ट

बिआरटीनेपाल २०७५ कार्तिक १५ गते ९:५९ मा प्रकाशित

नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । उक्त भ्रमण वर्ष सुरु हुन १४ महिना मात्र बाँकी छ । तर अझै सम्म भ्रमण वर्ष आयोजक समितिले पूर्णता पाउन सकेको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय संयोजक नतोक्दा समितिले पूर्णता पाउन नसकेको हो ।

भ्रमण वर्ष सुरु हुने समय छोटिदै जाँदा पनि संयोजक तोक्न नसक्नु पर्यटन मन्त्रालयको ठुलो कमजोरी भएको होटल संघ नेपाल (हान)का महासचिव बिनायक शाहले बताए । ‘भ्रमण वर्षको आयोजक समिति गठन गरि आवश्यक तयारीको काम थाल्नुपर्नेमा सरकारले अझै सम्म राष्ट्रिय संयोजक तोक्न सकेको छैन, अर्थको अर्थसँग उनले भने यसले पनि सरकारले पर्यटन प्रवद्र्धनलाई कस्तो प्राथमिकतामा राखेको छ भन्ने प्रष्ट पार्छ ।’ उनले तत्काल संयोजक तोक्न पनि सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू