अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 12:09

शिक्षक–कर्मचारीका लागि फोन तथा सामाजिक संजाल प्रयोगसम्बन्धमा शिक्षा मन्त्रालयको मार्गनिर्देशन

बिआरटीनेपाल २०७५ कार्तिक १५ गते ९:५७ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारीको सामाजिक सञ्जाल र मोबाइल फोन दुरुपयोग नियन्त्रणका लागि मार्गनिर्देशन जारी गरेको छ । ‘सामाजिक सञ्जाल र मोबाइलको फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५’ जारी गर्दै मन्त्रालयले सामाजिक सञ्जालको बढोत्तरीसँगै सार्वजनिक सेवा प्रवाहका कामकारवाहीबारे नकारात्मक टीकाटिप्पणी रोक्न कानूनी प्रबन्ध गरेको हो । सामाजिक सञ्जालको सही प्रयोग नहुँदा त्यसको दुरुपयोगबाट राष्ट्रसेवक कर्मचारी र शिक्षकको आचरणासमेत प्रश्न उठ्ने सम्भावना रहेकाले त्यस्ता दुरुपयोग नियन्त्रण गर्न सो मार्गनिर्देशन जारी भएको हो ।

शिक्षा मन्त्रालय र मातहतका निकायका सार्वजनिक सेवा प्रवाहका क्रममा भए गरेका काम कारवाही, प्रस्तावित नीति तथा कार्यक्रमजस्ता विषयमा अमर्या्दित भाषामा टीकाटिप्पणी गर्ने, आन्तरिक विषय परिपक्व नहुँदै सार्वजनिक गर्ने तथा सरकारी नीतिविपरीतका भनाइ सामाजिक सञ्जालमा ‘पोष्ट’ गर्ने कार्यलाई मार्ग निर्देशनले निषेध गरेको छ ।

निर्देशिकाको उल्लङ्घन भएमा साइबर अपराध कानूनबमोजिम कारवाहीका सम्बन्धित निकायका लेखी पठाइनेसमेत उल्लेख गरिएको छ । यही कात्तिक १४ को शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलस्तरीय निर्णयबाट मार्ग निर्देशन जारी भएको मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू