अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४० | Colorodo: 07:55

निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा प्रदर्शन, मुख्यमन्त्री समक्ष ज्ञापनपत्र पेश

बिआरटीनेपाल २०७५ कार्तिक १४ गते ९:५५ मा प्रकाशित

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको लागि न्याय माग्दै धनगढीमा प्रदर्शन गरिएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म दोषी पहिचान गर्न नसकेको भन्दै नागरिक संघर्ष समितिले प्रदर्शन गरेको हो । प्रदर्शनकारीले धनगढी चौराहादेखि मुख्यमन्त्री कार्यालयसम्म प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा निर्मला पन्तका बुबाआमा समेत सहभागी हुनुभएको थियो । संघर्ष समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन् । संघर्ष समितिले मुख्यमन्त्री कार्यालय अगाडि केही बेर धर्नासमेत दिएको थियो । ज्ञापनपत्रमा छठसम्म निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ नगरे कडा आन्दोलनमा जाने चेतावनी दिइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू