अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०५ | Colorodo: 21:20

गैर अमेरिकी र आप्रबासीको जन्मसिद्ध अमेरिकी नागरिकता अन्त्य गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

बिआरटीनेपाल २०७५ कार्तिक १३ गते १०:२१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गैर अमेरिकी र आप्रबासीको जन्मसिद्ध अमेरिकी नागरिकता अन्त्य गर्ने वताउनुभएको छ । उहाँले संविधानतः अमेरिकामा जन्मने आप्रवासीका सन्तानलाई दिईदै आएको नागरिकताको अधिकार अन्त्य गर्ने बताउनुभएको हो । संचारमाध्यम आक्सिअस लाई दिनुभएको एक अन्र्तवार्तामा ट्रम्पले यस्तो बताउनुभएको हो ।

आप्रवासीहरुप्रति शुरु देखिनै आक्रामक रहदै आउनुभएका राष्ट्रपति ट्रम्पको यो भनाई अमेरिकामा हुन गईरहेको मध्यावधि निर्वाचनको १ हप्ता अघि आएको हो । राष्ट्रपति ट्रम्पको यो कदम कानुनतः विरोेधाभासपूर्ण र नाटकीय रहेको सिएनएनले जनाएको छ । आजभन्दा १ सय ५० वर्ष पहिला संसोधन गरिएको अमेरिकी संविधानमा अमेरिकामा जन्मेका र हुर्केका सवै कानुनतः त्यहाँको नागरिक वन्न सक्ने उल्लेख छ ।

राष्ट्रपति ट्रम्पले यस सम्वन्धमा गरिने निर्णयमा कहिले हस्ताक्षर गर्ने भन्ने विषयमा भने केहीपनि खुलाउनुभएको छैन । स्मरणीय छ – ट्रम्पले यसअघि गरेका कतिपय निर्णय त्यहाँको अदालतले उल्टाईदिएको छ भने कानुनी जटिलताका कारण उहाँका अन्य केही निर्देशनहरु पनि कार्यान्वयन हुन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू