अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२३ | Colorodo: 11:38

अमेरिकी डलर मजबुत हुँदा रेमिट्यान्स ३३ प्रतिशतले बृद्धि, १ खर्ब ५४ अर्ब भित्रियो

बिआरटीनेपाल २०७५ कार्तिक १३ गते ९:२५ मा प्रकाशित

पछिल्लो समय मजबुत बनेको अमेरीकी डलरका कारण नेपाल भित्रने रेमिट्यान्समा सुधार आएको छ । रेमिट्यान्स आप्रवाह ३३.४ प्रतिशतले बढेर १ खर्ब ५४ अर्ब २० करोड पुगेको छ । अमेरिकी डलरमा मात्र रेमिट्यान्स २२.३ प्रतिशतले बढेको छ । गत बर्षको यस अवधिमा अमेरिकी डलरको रेमिट्यान्स ५.२ प्रतिशतले बृद्धि भएको राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको भदौसम्मको तथ्यांकमा उल्लेख छ । नेपालको अर्थतन्त्रमा रेमिट्यान्स प्रमुख हिस्साको रुपमा रहँदै आएको छ ।

अमेरिकी डलरको मूल्य बढ्दा २ महिनामा नेपाली रुपैयाँ साढे चार प्रतिशत भन्दा बढीले कमजोर भएको थियो । राष्ट्र बैंकले अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने नेपालीको संख्या ४१ प्रतिशतले घटेको पनि जनाएको छ । यद्यपि, चालू खाता भने ३५ अर्ब ५६ करोड रुपैयाँ घाटामा छ । गत वर्षको यसै अवधिमा चालू खाता १९ अर्ब ७४ करोड रुपैयाँ घाटामा थियो । वस्तु आयातमा भएको उच्च बृद्धिका कारण चालू खाता घाटामा गएको राष्ट्र बैंकले भनेको छ । यस्तै सोधानान्तर (मुलक भित्रने र बाहिरिने रकम बीचको अन्तर) घाटा २५ अर्ब ४५ करोड रुपैयाँ छ ।

यता विदेशी मुद्राको सञ्चिती ११ खर्ब १७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यो भनेको चालू आर्थिक वर्षको २ महिनामा १.३ प्रतिशतले बृद्धि हो । अमेरिकी डलरमात्रै ९ अर्ब ७५ करोड रुपैयाँ छ । अमेरिकी डलरको सञ्चितिमा भने ३.४ प्रतिशतले कमी आएको हो ।

यता नेपाल राष्ट्र बैंकले बैकिङ क्षेत्रसँग ९.७ महिनाको वस्तु आयात धान्न सक्ने रकम रहेको बताएको छ । चालू आर्थिक वर्षको दुई महिनालाई आधार ९.७ महिनाको वस्तु र मान्दा ८.३ महिनाको सेवा आयात धान्न सकिने रकम बैकिङ क्षेत्रसँग रहेको राष्ट्र बैंकले भनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू