अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 06:41

भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरी पोखरामा

बिआरटीनेपाल २०७५ कार्तिक ११ गते ९:१८ मा प्रकाशित

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी आज पोखरा आउनु भएको छ । केही दिन पहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा काठमाडौ आउनु भएका यचुरी आइतबार पोखरा आउनुभएको हो । आज विहान साढे ११ बजे पोखरा ओर्लनु भएका महासचिव यचुरीलाई नेकपा नेता गण्डकी प्रदेशका सह संयोजक खगराज अधिकारी, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमान, नेकपाका प्रदेश सचिव गोविन्दबहादुर नेपाली ,पोखरा महानगरपालकाका मेयर मानबहादुर जिसी, जिल्ला समन्वय समिति कास्कीका संयोजक बैन बहादुर क्षेत्री लगायतले स्वागत गर्नुभएको थियो ।

यसैवीच, आयोजित पत्रकार भेटघाटमा वोल्दै नेता यचुरीले पोखराको सुन्दरता हेर्न आफु पोखरा आएको बताउनु भयो । यचुरी झण्डै २५ बर्ष पछि पोखरा आउनुभएको बताइएको छ । पत्रकारले सोधेको प्रश्नमा यचुरीले सन २०१९ मा हुने निर्बाचनको तयारीको बारेमा आफुहरु गठबन्धन बनाएर चुनाव लड्ने सोच बनाएको बताउनुभयो । उहाँले नेपाल र भारतीय कम्युनिष्ट पार्टी वीच लामो समयदेखि समधुर सम्बन्ध रहेको बताउनुभयो । नेपाल सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको उद्धेश्यमा आफुहरुको पुर्णसाथ रहने यचुरीको भनाई रहेको छ । भोली दिउसो १ बजे सम्म पोखरा बस्ने यचुरीले यहाँ रहदा पोखराको पर्यटकीय क्षेत्रको अबलोकन गर्ने गण्डकी प्रदेशका मन्त्रीहरुलाई भेटने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू