अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०७ | Colorodo: 09:22

मन्त्रीपरिषद् वैठक

बिआरटीनेपाल २०७५ कार्तिक ११ गते ९:१३ मा प्रकाशित

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भम्रण स्वीकृत गरेको छ । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले भण्डारीको ४ दिने कतार भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति भण्डारी ४ दिने औपचारिक भ्रमणका लागि सोमवार कतार जाँदै हुनुहुन्छ ।

त्यसैगरी बैठकले गोरखापत्र संस्थापनका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । मन्त्री वास्कोटाका अनुसार बैठकले मलेसियासँग रोजगार सम्झौता गर्न श्रममन्त्री गोकर्ण विष्टलाई अख्तियारी दिने निर्णय समेत गरेको छ ।

त्यस्तै कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने मन्त्रीपरिषदले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू