काठमाडौं ११ कार्तिक । बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आज(आइतबार) काठमाडौं आउँदैछन् ।
नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तया भएको छ ।
यसैका लागि मन्त्री कुलेसेगरन काठमाडौं आएका हुन् । यसअघि संचालनमा रहेका बायोमेडिकल(बायोमेट्रिक) ओएससी, आइएससी जस्ता संस्थालाई निरन्तरता दिन सहमति भएपछि पहिलोपटक नेपाल र मलेसियाबीच (एमओयु) हुन थालेको हो ।
६ महिना अघिकै प्रक्रिया अनुसार मलेसियाले नेपालबाट कामदार लैजाने भए पनि अबदेखि कामदारको सम्पूर्ण खर्च मलेसियन रोजगारदाताले बेहोर्ने छन् ।
समझदारीमा मुख्य बुँदाहरु
-कामदारको सम्पूर्ण खर्च मलेसियन रोजगारदाताले ब्यहोर्ने
-जेठ २ गतेअघि सन्चालनमा रहेको सिस्टमको निरन्तरता
-म्यानपावरले सेवा शुल्कवापत कामदारसँग पारिश्रमिकको आधा महिनाको मात्र शुल्क लिन पाउने
-दुई देशबीच भएका सहमति तोड्नु परे दुई देशको पुनः सहमति आवश्यक पर्ने
-कामदारको आतेजाते टिकट रोजगारदाताले ब्यहोर्ने
-स्वास्थ्य विमाको ब्यवस्था
-बर्षौदेखिको अब्यवस्थित मलेसिया रोजगारी ब्यवस्थित हुने सम्भावना नागरिक दैनिकबाट