अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 13:21

युरोपियन युनियनसमक्ष परिणाममुखी दिगो हरित महानगर बनाउने मेयर शाक्यको अडान

बिआरटीनेपाल २०७५ कार्तिक १० गते ८:४१ मा प्रकाशित

काठमाडौँ,  काठमाडौँ महानगरको विकासमा धेरै परियोजना भन्दा परिणाममुखी अनि दिगो परियोजना आवश्यक भएको छ। त्यसको लागि ठोस रूपमा युरोपियन युनियन लगायतका विदेशी सङ्घ–संस्थासँग काठमाडौँ महानगरपालिका सहकार्य गर्न तयार भएको खुलासा काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले गरेका छन्। मेयर शाक्यले युरोपियन युनियनको स्वीचएशिया सस्टेनेवल कन्जम्सन एन्ड प्रोडक्सन फ्यासिलिटी परियोजनाका टिम लिडर अरब होबल्लाह र दक्षिण एसिया विशेषज्ञ पूजा साहनीसँगको भेटमा उक्त खुलासा गरेका हुन्। 

युरोपियन युनियनका होबल्लाह र साहनीले मेयर शाक्यलाई काठमाडौँ महानगरको विकासमा फोहर मैला, पूर्नरनिर्माण, भवन निर्माण आचार संहिता लगायतका समस्या रहेको र त्यसमा युनियन सहकार्य गर्न तयार भएको बताएका थिए। मेयर शाक्यले भने, काठमाडौँ महानगरलाई हरित महानगरको रूपमा दिगो रूपमा विकास गर्न आफूले खोजेको र त्यसका लागि धेरै परियोजना भन्दा दिगो रूपमा परिणामुखी हरित योजना खोजेको कुरामा अडान राखे।

त्यसका लागि विद्यालयबाटै त्यस परियोजना गर्न र गराउन आफू तयार भएको मेयर शाक्यले बताएका छन्। मेयर शाक्यका अनुसार, विद्यालयबाटै विद्यार्थीहरूलाई विद्यालय, घर–परिवार अनि टोल–टोललाई हरियाली बनाएर सर–सफाइ गर्ने र गराउने व्यावहारिक परिणाममुखी कार्य सिक्न र सिकाउन काठमाडौँ महानगरपालिकाले खोजेको हो। पहिलो चरणको रूपमा काठमाडौँ महानगरका सामुदायिक सरकारी स्कुलहरूबाट यस परियोजना सुरु गरिने भएको छ। र पछि प्राइभेट स्कुलहरूमा पनि सुरुवात गर्ने सोच राखेको छ।

यसबाट विद्यालयबाटै विद्यार्थीहरूले बाताबरणिय हरियाली कायम गर्ने तथा सरसफाइको बारेमा सिक्ने अनि फोहरलाई सही व्यवस्थापन गर्ने तौर–तरिका सिक्न पाउने छ। तिनै विद्यार्थीहरूबाट विद्यालय, घर–परिवार अनि टोल–समाजलाई हरियाली बनाउन तथा फोहर मुक्त बनाउन दीर्घकालीन मदत मिल्ने जिकिर मेयर शाक्यको रहेको छ। क्षणिक समाधान भन्दा दीर्घकालीन समाधानका परियोजनामा युरोपियन युनियनलाई सहकार्य गर्न मेयर शाक्यले आग्रह पनि गरेका छन्। मेयर शाक्यको यो अवधारणा र चाहनालाई युरोपियन युनियन सकारात्मक देखिएको छ। यस कुराहरूमा आफूहरूले विचार गर्ने जानकारी पनि होबल्लाह र साहनीले भनेका छन्। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू