अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 07:34

पाल्पाका नारायण भट्टराईद्धारा औंलामा वल घुमाएर विश्व किर्तिमान

बिआरटीनेपाल २०७५ कार्तिक १० गते ७:२१ मा प्रकाशित

पाल्पा जिल्लाको बौघा पोखराथोक– ६ का नारायण भट्टराईले हातको औंलामा बास्केट बल घुमाएर विश्व किर्तिमान (गिनिज बुक अफ वल्ड रेकर्ड) राख्न सफल भएका छन् । गत अगष्ट ९ मा उनले यस्तो किर्तिमानी राखेका हुन् । उनले रेकर्ड राख्नुभन्दा पहिले स्पेनका बास्केटबल खेलाडीले १० मिनेट ३३ सकेण्ड बल औंलामा घुमाएका थिए । उक्त रेकर्ड तोड्न भट्टराईले ११ मिनेट २२ सेकेन्ड बललाई औलामा फन्को लगाएका थिए । उनको फन्को अहिलेसम्मकै सर्वाधिक हो ।

विदेश यात्रा क्रममा अरु देशमा भएका अभ्यास हेर्दै उनले औलाले बल घुमाउन अभ्यास थालेका थिए । आफूले गरेको काममा आफ्नो मात्रै नाम नजोडिएर देशकै नाम उच्च रहने भएपछि उनले औंलामा बल घुमाउन निरन्तर अभ्यास गरेको वताउछन् । भट्टराई करिब १० बर्ष अभ्यासपछि गिनिजबुकमा नाम लेखाउन सफल भएका हुन् ।

पछिल्लो समय किर्तिमान राख्न उनले करिब १५ महिना लगातार अभ्यास गरेका थिए । उक्त अभ्यासपछि उनले पुरानो रेकर्ड तोड्दै आफ्नो नाम लेख्न सफन भएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू