अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 11:31

नेपालको विपद व्यवस्थापनका लागि चीनले २ अर्ब ५३ करोड रुपैयाँ सहयोग गर्ने

बिआरटीनेपाल २०७५ कार्तिक १० गते ६:१३ मा प्रकाशित

चीनले नेपाललाई बिपद् व्यवस्थापन सहयोगका लागि करिब दुई अर्ब ५३ करोड रुपैयाँ ( १५० मिलियन चिनियाँ युआन) सहायता प्रदान गर्ने भएको छ । उक्त सहयता सम्बन्धी सम्झौतामा शनिवार बेइजिङमा हस्ताक्षर भएको छ । चीनको भ्रमणमा रहनुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ राज्यपरिषद सदस्य एवं रक्षामन्त्री वै फङहबीच शनिबार भएको भेटवार्तापश्चात् यो सम्झौतामा हस्ताक्षर भएको हो । सहयोग आगामी ५ वर्षका लागि मानवीय तथा विपद व्यवस्थापनमा खर्च हुने सम्झौतामा उल्लेख छ । भेटवार्तामा रक्षामन्त्री पोखरेलले नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै नेपालका प्रधानमन्त्री केपी शर्माओलीको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझै उचाइमा पुगेको र राजनीतिक विश्वास बढाएको बताउनुभयो ।

कार्यक्रममा मन्त्री पोखरेलले सैन्य तालिम तथा सैन्य सहायता, मानवीय तथा विपद व्यवस्थापन सम्बन्धी सामग्री, औषधी उपकरण, शान्ति स्थापना तथा नेपालमा रक्षा विश्वविद्यालय स्थापनाका लागि चिनियाँ सहयोगको अपेक्षा गरेको वताउनुभएको थियो ।

सो अवसरमा चीनका रक्षामन्त्री वै फङहले एक चीन नीतिमा समर्थन तथा तिब्बत मामिलामा नेपालले अंगीकार गरेको नीतिको प्रशंसा गर्नुभयो । उहाँले दुवै देशबीच सैन्य सहकार्य सबल पार्ने तथा नेपाललाई आवश्यक पर्ने सहयोगका लागि चीन तत्पर रहेको बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू