पोखरामा जारी पीपीएल टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न पहिलो खेलमा बुटवल ब्लास्टर विजयी वनेको छ । सोमपाल कामीले सानदार बलिङ गर्दै ४ विकेट लिएपछि बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले स्तब्ध पारेको हो ।
सोमपालको उत्कृष्ट बलिङ पछि १ सय ३६ रनको लक्ष्य लिएर आएको चितवनलाई बुटवलले १६.५ ओभरमा ६५ रनमै अलआउट गर्यो । यसअघि टस हारेर ब्याटिङ गरेको बुटवल ब्लास्टर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ३५ रन बनाएको थियो ।
सोमपालले इनिङ्सको चौथो बलमै अनिल शाहलाई शुन्यमा आउट गरी चितवनको पतनको सुरुआत गरेका थिए । सोमपालले त्यसपछिको चौथो बलमै अनिल शाहलाई शुन्यमा आउट गरी चितवनको पतनको सुरुआत गरेका थिए । सोमपालले त्यसपछि कप्तान पारस खड्कालाई १०, सन्नी पटेललाई २ र आरिफ शेखलाई शुन्यमा आउट गरेका हुन् ।
पटेललाई बोल्ड गरेका सोमपालले अर्को बलमा आरिफलाई गोल्डेन डकमा पेभेलियन पठाउन सफल भए । ओपनरमा पठाइएका सोनु तामाङले खाता खोल्न बिर्से । हरिशंकर शाह १, शक्ति गौचन ९ र करण केसी ७ रनमा आउट भए । प्रतियोगितामा सोमपालले ४ ओभरमा १३ रन खर्चे । ललितसिंह भण्डारीले २ तथा रोहन मुस्ताफा र अविनाश बोहराले १,१ विकेट लिएका थिए ।