अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 23:43

नयाँ शक्ति संयोजक डा. बाबुरामद्वारा नेकपाको चियापान बहिस्कार

बिआरटीनेपाल २०७५ कार्तिक ९ गते २३:४७ मा प्रकाशित

नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेकपाको चियापान कार्यक्रम बहिस्कार गर्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले ५० हजारलाई भोज खुवाई नेकपाले फजुल खर्च गरेको टिप्पणी गर्दै उक्त चियापान कार्यक्रममा आफु सहभागी नहुने वताउनुभएको हो ।

भट्टराईले भन्नुभएको छ– ‘गरीब देशको सर्वहारावर्गको दुहाई दिने पार्टीले ५० हजारलाई भोज खुवाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ, जय होस् !’

चियापान समारोहमा आफू सहभागि नहुने घोषणा गर्नुभएका भट्टराईले सामाजिक सञ्जालमार्फत नै शुभकामना भने दिनुभएको छ । एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रण पत्र प्राप्त भएको जनाउँदै भट्टराईले भनेका भन्नुभएको छ – ‘एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद, तपाईंहरू सबैको भलो होस ,हाम्रो पनि शुभकामना !’

नेकपाले शनिबार राजधानीमा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेकपाले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतापछि पहिलोपटक भृकुटीमण्डपस्थित बगैँचामा गर्न लागिएको चियापानमा पार्टीले करीब ५० हजारलाई निम्ता गरेको छ भने करीब ३५ हजार सहभागी हुने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू