अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०९
| Colorodo: 10:24
विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ । सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी ‘वल्र्ड टुर’ अन्तर्गत शुक्रबार काठमाडौं ल्याइएको हो । ट्रफीलाई शुक्रबार साँझ काठमाण्डौंको स्वयम्भूमा प्रदर्शन गरिएको छ । उक्त ट्रफीलाई नेपालमा आउँदो सोमबारसम्म राखिनेछ ।
आईसीसीका नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार ट्रफीलाई शनिबार विहान पोखरा लगिने छ । पोखरामा पोखरा प्रिमियर लिग (पीपीएल) चलिरहेको अवसर पारी भोलि त्यही ट्रफी प्रदर्शन गरिनेछ ।
पोखरामा प्रदर्शन गरेसंगै ट्रफीलाई फेरि काठमाडौं लगिनेछ र आइतबार विहान चन्द्रागिरी र सोमबार बसन्तपुरमा प्रदर्शन गरिनेछ । देशको पहिचान र ऐतिहासिक स्थान भएको कारण ट्रफीलाई स्वयम्भु, चन्द्रागिरी र बसन्तपुरमा प्रदर्शनमा गर्न लागिएको वताईएको छ ।