चीन सरकारले आफ्नो देशको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले दक्षिण एशियाली मुलुकहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिरहेको छ । सोही अनुरुप नेपालमा पनि पहिलो पटक चीनियाँ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
चीनियाँ टोलीहरुले बिहिबार काठ्माडौंमा चीनको १ हजार बिसि. देखीका कला संस्कृतिहरुको प्रदर्शन र त्यहाँको बारेमा जानकारी गराउनुका साथै विभिन्न संस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।
नेपालमा पनि सबै भन्दा बढी पर्यटक भारत र चीनबाट भित्रिने हुदाँ चीनियाँ सरकारको यस प्रकारको कार्यक्रमले नेपालको पर्यटन क्षेत्रमा पनि थप टेवा पुग्ने विश्वास लिएको छ ।
आफ्नो देशको कला संस्कृति अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य सहित चीन सरकारले संस्कृतिक कार्यक्रम गर्नुका साथै आगामी फेब्रुअरीमा नेपाल सहित अन्य एशियाली मुलुकहरुमा चीनियाँ खाना प्रदर्शनी गर्ने भएको छ ।