अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 04:45

सिन्धुली गढी पुनर्निर्माण गुरु योजना हस्तान्तरण

बिआरटीनेपाल २०७५ कार्तिक ७ गते ११:५७ मा प्रकाशित

विगतमा गैरआवासीय नेपाली सङ्घ र कमला माई नगरपालिका बिच सिन्धुली गढी जिर्णोद्वार एवम् पुनर्निर्माण गुरु योजना तयार पार्ने सम्बन्धमा भएको सहमति अनुसार तयार पारिएको गुरु योजना आज मिति २०७५ कार्तिक ७ तद् अनुसार २४ अक्टोबर २०१८ का दिन गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्टले एक समारोह बिच कमला माई नगरपालिकाका मेयर श्री खड्ग बहादुर खत्रीलाई हस्तान्तरण गर्नु भयो ।

गुरु योजना सबै सम्बन्धित पक्षसँग छलफल गरी तिनको सहभागितामा तयार पारिएको हो । गुरु योजनाको स्वामित्व स्थानीय सरकारले लिने सहमति भएको थियो । हाल जिर्ण अवस्थामा रहेको सिन्धुली गढीको ऐतिहासिक महत्त्व उजागर गर्ने गरी उक्त गढीका संरचनाहरू पुनर्स्थापना गर्ने उद्देश्यले गुरु योजना तयार पारिएको छ ।

गुरुयोजनामा सिन्धुली गढीको ऐतिहासिकता र मौलिकतालाई यथावत् राख्ने गरी संरचनाहरू निर्माण गर्ने उल्लेख छ । गुरु योजना तयार पार्ने क्रममा कमला माई नगरपालिका र गैरआवासीय नेपाली संघबीच निरन्तर समन्वय भएको र गुरु योजना निर्माण गर्नको लागि गैरआवासीय नेपाली सङ्घले आवश्यक पर्ने परामर्शदाता चयन गरी यस कार्यमा लाग्ने खर्चको व्यवस्थापन गरेको छ । गुरु योजना अर्की टाइप र कार्ड कन्स्ल्ट्याण्टको संयुक्त टोलीले तयार पारेको हो र यस टोलीको नेतृत्व आर्किटेक्ट डा. सञ्जय उप्रेतीले गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू