अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२०
| Colorodo: 01:35
लुक्ला विमानस्थलको हेलिप्याडमा माउन्टेन एयर र एयर डाइनेस्टीको हेलिकप्टर एक आपसमा ठोक्किएका छन् । एयर डाईनेस्टीको हेलिकोप्टर अवतरण र माउन्टेन एयरको हेलिकोप्टर उडानको क्रममा रहँदा एक आपसमा ठोक्किएका हुन् । यसरी ठक्कर खाँदा माउन्टेन एयरको हेलिकप्टरमा क्षति पुगेर उड्न नसक्ने अवस्थामा पुगेको माउन्टेन एयरका म्यानेजर दिलबहादुर ओलीले जानकारी दिनुभयो ।
अवतरणको क्रममा हेलिकप्टरको हावाको चाप वा अन्य केही कारणले क्षति पुगेको हो भन्ने कुराको यकिन हुन नसकेको वताईएको छ । लुक्लामा थोरै हेलिप्याड भए पनि त्यहाँ धेरै उडानको चाप रहेको छ । एकैपटक धेरै हेलिकोप्टरहरु जाने र आउने प्रक्रिया चलिरहने भएकोले पनि यस्तो भएको हुनसक्ने वताईएको छ । तर रोकिएको हेलिकप्टरलाई क्षति पुग्नेगरी अवतरणको प्रयास गर्नु कमजोरी भएको अधिकारीहरुले वताएका छन् ।