अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५० | Colorodo: 01:05

निर्मला पन्त हत्या प्रकरण -एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्त गर्न सिफारिस

बिआरटीनेपाल २०७५ कार्तिक ४ गते ९:२७ मा प्रकाशित

निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरी नायब महानिरीक्षक एवम् प्रवक्ता थापाले गृह मन्त्रालयले उक्त सिफारिस उपर छिट्टै निर्णय गर्ने सम्भावना रहेको वताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू