अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 06:45

अनेसास पर्थ च्याप्टरको दसैँ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ असोज २९ गते १६:२५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पर्थ च्याप्टरको विजया दशमी २०१८ को शुभकामना आदान प्रदान तथा साहित्यिक कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । 

बडा दशैको अवसरमा बर्जुड पार्कमा आयोजित उक्त कार्यक्रममा अनेसास पर्थ च्याप्टरका अघिल्ला कार्य समितिका पदाधिकारीहरूलाई सम्मान तथा बिदाइ र नयाँ कार्य समितिका सदस्यहरूलाई स्वागत समेत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार एल बि क्षेत्रीद्वारा साहित्यकारको तस्बिरमा पुष्प अर्पितगरि कार्यक्रम उद्घाटन पछि अनेसास पर्थ च्याप्टर (२०१५-२९१८ ) का गणेश घिमिरेको नेतृत्वमा रहेका पदाधिकारी तथा सदस्यहरूलाई आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गरेकोमा र अनेसास पर्थ च्याप्टर (२०१८ -२०२० )का लागि नीरज छेत्रीको नेतृत्वमा रहेका पदाधिकारी तथा सदस्यहरूलाई आगामी कार्यकाल सफलता पूर्वक सम्पन्न गर्न शुभकामना दिइएको थियो। 

पर्थ च्याप्टरका निवर्तमान अध्यक्ष गणेश घिमिरेलाई उहाँको कार्यकालको उच्च मूल्याङ्कन गर्दै उहाँले सफलता पूर्वक आफ्नो कार्यकाल पूर्ण गरेकोमा र अनेसास केन्द्रीय समितिको महासचिव जस्तो सम्मानित पदमा निर्वाचित हुनु भएकोमा विभिन्न अतिथिहरू, नावा, एनआरएनए अस्ट्रेलिया, नेपाली भाषा पाठशाला लगायत स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूले शुभकामना सहित प्रमाणपत्र प्रदान गर्नु भएको थियो।

सोही समारोहमा नेपालमा हालै प्रकाशित कवि तथा कथाकार गणेश श्रवणको लघुकथा ‘गुलियो काठमान्डू’ तथा कवि ऋषि बरालका दुई कृति मुक्तकसंग्रह ‘पैतालाका डोबहरू’ र हाईकुसंग्रह ‘फुजिको फेद‘ को पर्थ सार्बजनिकिकरण समेत गरिएको थियो ।

कार्यक्रममा कविता वाचन, सहभागी स-साना बालबालिकाहरूलाई विजया दशमीको उपहार वितरणसँगै बडा दशैको शुभकामना आदान प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन अनेसास पर्थ च्याप्टरका उपाध्यक्ष हरि अधिकारीद्वारा गरिएको थियो भने अनेसास पर्थ च्याप्टर की सदस्य देवकी थानीले मिठा शब्दसुमनसंगै कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्नु भएको थियो ।

औपचारिक कार्यक्रम पछि – बार्बिक्यु र भोजन सहित उत्साहका साथ कार्यक्रम समापन गरिएको थियो । 

प्रतिक्रिया