अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१
| Colorodo: 07:56
काठमाडौँ । नेपाल र मलेसियाबीच दुई पक्षीय श्रम समझदारी कार्तिक १२ मा हस्ताक्षर हुने भएको छ ।
श्रम मन्त्रालयका सचिव महेश प्रसाद दाहालका अनुसार समझादारीमा हस्ताक्षर गर्न मलेसियाका मान संसाधनमन्त्री कुला सेघरान आउनेछन्, आजको कान्तिपुर दैनिकमा खबर छ ।
यो समझदारी वैदेशिक रोजकारीको इतिहासमा कोसेढुंगा हुने दाहालले बताए ।
नेपालले जेठ २ देखि मलेसिया रोजगारीमा रोक लगाएको छ ।
श्रम समझदारी लगत्तै केही प्राविधिक विषय टुंगिएपछि फुकुवा गरिने मन्त्रालयले जनाएको छ ।