अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२
| Colorodo: 12:17
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आफू सङ्गठनको धमिरा फाल्ने क्रममा रहेको बताएका छन् । सङ्गठनका केही प्रहरी अधिकारीका कारण सिङ्गो सङ्गठन नै बदनाम भएको बताउँदै उनले यस्तो कार्य आफूलाई स्वीकार्य नहुने उल्लेख गरेका हुन् ।
आइतबार प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रम उनले भने, ‘केही पदाधिकारीले गर्दा सिङ्गो प्रहरी सङ्गठनमाथि नै लान्छन् आउने गरेको छ । त्यस्ता किरा धमिरा टिपेर फाल्न लागिपरेको छु । यसमा सबैको साथ सहयोग रहन जरुरी छ ।’
हरेक प्रहरीले आफू र आफ्ना सहकर्मीलाई सच्याउनुपर्ने भन्दै उनले जनताले प्रहरीबाट ठुलो अपेक्षा राखेको बताए । हालै मात्र निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण, ३३ किलो सुन तस्करी प्रकरणलगायत विभिन्न प्रकरणमा प्रहरीको नाम पनि मुछिएपछि नेपाल प्रहरीको आलोचना हुँदै आएको छ ।