विराटनगर– ७औं म्युजिक खबर म्युजिक अवाडको सातौँ संस्करण विराटनगरमा सम्पन्न भएको छ । राजधानीमा केन्द्रित रहेर अवार्ड गर्दै आएको म्युजिक खबर म्युजिक अवार्ड शुक्रवार प्रदेश नम्बर १ को अस्थाई राजधानी विराटनगरस्थित वीरेन्द्र सभागृहमा सम्पन्न भएको हो ।
अवार्डमा गायक शिव परिवार सर्वोत्कृष्ट सुगम सङ्गीत गायकको अवार्ड जित्न सफल भए । शिव परियारले ‘बर्षाैं भो छोडेको’ गीतबाट अवार्ड हात पारेका हुन् । त्यस्तै, सर्वोत्कृष्ट गायिका सुगम सङ्गीत बन्न सफल भइन् गागिका प्राश्ना शाक्य । उनले ‘कैदी बनाऊ’ बोलको गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पार्न सफल भएकी हुन् ।
म्युजिक खबरको आयोजना र ‘हामी युवा’ को सह–आयोजनामा विराटनगरस्थित सम्पन्न भएको अवार्ड कार्यक्रममा वरिष्ठ गायक तथा सङ्गीकार शम्भुजित बास्कोटालाई ‘विराट संगीतरत्न’ द्वारा अभिनन्दन गरिएको थियो । त्यस्तै, पत्रकार गीता अधिकारीलाई ‘सङ्गीत पत्रकारिता सम्मान’ प्रदान गरियो भने माण्डवी त्रिपाठीलाई म्युजिक खबर दशकको स्रष्टा सम्मान, प्रेम सापकोटा सोनुलाई म्युजिक खबर डायस्पोरा सङ्गीत सम्मान, मल्लिका काकी म्युजिक खबर युवा प्रतिभा सङ्गीत सम्मान, याङ्शु श्रेष्ठलाई म्युजिक खबर बाल प्रतिभा प्रोत्साहन सम्मान र म्युजिक खबर प्रदेश नं १ विशेष सम्मान गरिएको थियो । निकै शालीन र सभ्य हुनुका साथै भव्य पनि भएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकारहरूको निकै बाक्लो उपस्थिति रहेको थियो ।
जसमम गायक तथा शम्भुजित बास्कोटा, प्रमोद खरेल, शिव परियार, राजेश पाल राई, शङ्कर थापा, डेभिड शङ्कर, कमल श्रेष्ठ, गायिका माण्डपी त्रिपाठी, शुुशला पाठक, निर्देशक तथा कलाकार दीपा श्री निरौला, नायिका तथा गायिका सारिका घिमिरे, नायिका सोबिता सिम्खडा, बिपशा बिसी, नायक गजित विष्टलगायतको उपस्थिति तथा प्रस्तती रहेको थियो ।
‘हामी युवा’को सहआयोजनामा सम्पन्न भएको कार्यक्रमलाई संचारकमी नीराजन भण्डारी र सञ्चारकर्मी तथा गायिका मञ्जु पौडेलले सञ्चालन गरेका थिए ।
अवार्ड विजेताको विवरणहरुः
सर्वोत्कृष्ट राष्ट्रियभावको गीत
चुरामणि देवकोटा– मेरो देश सुन्दर छ
सर्वोत्कृष्ट पप गायिका
मञ्जु पौडेल– दामी छेन्त
सर्वोत्कृष्ट पप गायक
शङ्कर थापा स्माइल – माया लगाई
सर्वोत्कृष्ट पप सङ्गीतकार
रमेशराज भट्टराई – बेहुला
सर्वोत्कृष्ट लोकदोहोरी नव प्रतिभा महिला
चन्दा खड्का – मायाकै पिरले
सर्वोत्कृष्ट लोकदोहोरी नव प्रतिभा पुरुष
ध्रुव बिसी – भेट हुँदा
सर्वोत्कृष्ट भिडियो मोडल महिला लोकदोहोरी
रिना थापा मगर – गाउँमा हल्ला चल्यो
सर्वोत्कृष्ट भिडियो मोडल लोकदोहोरी पुरुष
सुमन खतिवडा – खरानी
सर्वोत्कृष्ट भिडियो निर्देशक लोकदोहोरी
प्रकाश भट्ट – तामे करुवा
सर्वोत्कृष्ट लोकगीत पुरुष
दुर्गा गुरुङ – झिल्के भेना
सर्वोत्कृष्ट लोकगीत महिला
शर्मिला गुरुङ – मेरो माया छ भने राधा
सर्वोत्कृष्ट लोकदोहोरी शब्द
शिव हमाल – लठ्ठै पा¥यो मायाले
सर्वोत्कृष्ट लोकदोहोरी भाका
कस्तुप पन्त – पिरती मिसाउनी
सर्वोत्कृष्ट गायक लोकदोहोरी
दिपसागर थापा – धादिङ नौबिसे
सर्वोत्कृष्ट गायिका लोकदोहोरी
सुनिता दुलाल – मायालुको साथै रमाइलो
सर्वोत्कृष्ट लोकदोहोरी कल्चरल गीत
गणेश गुरुङ – सुनको औँठी
सर्वोत्कृष्ट चलचित्र गीतकार
हरि उप्रेती – दुई चुल्ठी, मुर्चङ्गा
सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
अन्जु पन्त – घिन घिन मादल, पञ्चेबाजा
सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
राजेश पायल राई – दुई चुल्ठी, मुर्चङ्गा
सर्वोत्कृष्ट चलचित्र सङ्गीतकार
विकास चौधरी – घिन घिन मादल, पञ्चेबाजा
सर्वोत्कृष्ट गजल
विपिन मर्म – मायाले रेटिएँ
सर्वोत्कृष्ट नव प्रतिभा पुरुष सुगम सङ्गीत
कृष्ण भट्टराई – तिमीलाई नदेख्दा
सर्वोत्कृष्ट नव प्रतिभा महिला सुगम सङ्गीत
मेनुका पौडेल – कुर्दा कुर्दै
सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक सुगम सङ्गीत
वीरेन्द्र भाट ‘विपिन’ – माया लाउने
सर्वोत्कृष्ट म्युजिक भिडियो छायाकार सुगम सङ्गीत
नवराज उप्रेती – तिमी खुसी
सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल महिला सुगम सङ्गीत
अनामिका चौलागाईं – उनको मेरो
सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष सुगम सङ्गीत
श्रीदेव भट्टराई – कोइलीको जस्तो
सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक सुगम सङ्गीत
सञ्जय बराल – बर्सिनु बर्स्यो
सर्वोत्कृष्ट ध्वनि सम्पादक सुगम सङ्गीत
कुमार राना – तिमीदेखि
सर्वोत्कृष्ट सङ्गीत संयोजक सुगम सङ्गीत
नीरज श्रेष्ठ – निष्ठुरीले खुसी
युगल गायन सुगम सङ्गीत
राज सागर र अन्जु श्रेष्ठ – ढाका टोपी
सर्वोत्कृष्ट गीतकार सुगम सङ्गीत
अमर वान्तु राई – फुलजस्तै
सर्वोत्कृष्ट गायिका सुगम सङ्गीत
प्राश्ना शाक्य – कैदी बनाऊ
सर्वोत्कृष्ट गायक सुगम सङ्गीत
शिव परियार – बर्षाैं भो छोडेको
सर्वोत्कृष्ट सङ्गीतकार आधुनिक
पोषण श्रेष्ठ – पूर्णिमाको जून
सर्वोत्कृष्ट एलबम
कर्म – एसपी सापकोटा
पब्लिक च्वाइस अवार्ड
अर्जुन सुनाम – ठुलो सानो
जुरी अवार्ड सङ्गीतकार
सुनिल मास्के – कैदी बनाऊ
जुरी अवार्ड गीतकार
मणिराज शर्मा – बर्सिनु बर्स्यो
इन्करेजमेन्ट अवार्ड
अमृता श्रीपाल – गैरी गाउँको मेला
इन्करेजमेन्ट अवार्ड
डेबिट शङ्कर – घिन घिन मादल, पञ्चेबाजा
पपुलर मोडल अफ दि इयर
दिपाशा बिसी – चर्चित
क्रिटिक्स अवार्ड गीतकार
किरण केसी क्रोधी – कुनै दिन
वेस्ट कसिङ्गर अफ दि इयर
सुमित खड्का – तिम्रो प्रेमको माला