अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३८ | Colorodo: 05:53

पार्टी एकतालाई उल्टाउने षड्यन्त्र – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ असोज २० गते ९:३२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई उल्टाउने षड्यन्त्र भइरहेको वताउनुभएको छ । काठमाण्डौंमा आयोजित एक कार्यक्रममा वोल्दै अध्यक्ष प्रचण्डले एकता उल्टाउने क्रियाशील तत्वहरुलाई परास्त गर्ने चेतावनी दिनुभयो । पार्टी एकतालाई सुदृढ हुन नदिन षडयन्त्र भइरहेकाले त्यसतर्फ सचेत रहन पनि उहाँले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

पार्टी संगठनहरुको एकीकरणको विषयमा पार्टी भित्र ठूलो व्यवधान नरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै पूर्णता दिने प्रचण्डको दाबी थियो । आइतबार बस्ने सचिवालय बैठकले पार्टीको तल्लो तहको एकिकरण सम्बन्धमा आवश्यक निर्णय लिने अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सुदृढ बनाउने र पार्टीलाई एक्काइशौं शताब्दीको समाजवादी बाटोमा अघि बढाउने दृढता व्यक्त गर्नुभएको छ । सरकारको कामलाई लिएर पार्टी भित्रैबाट आलोचना भइरहेको उल्लेख गर्दै उहाँले जनताले महशुस गर्ने गरी सरकारको कामलाई प्रभावकारी बनाउन थप मेहनत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । गियर बदल्दै गाडीले गति दिए जसरी नै सरकारको काममा गति दिने उहाको भनाई थियो ।

प्रचण्डले पार्टी भित्र र बाहिर विभिन्न पक्षसँग बृहत अन्तरक्रिया गरेर सरकारको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । मुलुकको सामाजिक न्यायसहितको समृद्धिको एजेन्डामा सरकार दृढ रहेको पनि सो अवसरमा उहाँले स्मरण गराउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू