अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७
| Colorodo: 08:52
बढ्दो यात्रुको चापलाई मध्यनजर गर्दै यति एयरलाइन्सले ठूलो जहाजबाट काठमाण्डौं–पोखरा–काठमाण्डौं उडान सुरु गरेको छ। यतिले समय नेपाल भित्र्याएको ७२ सिट क्षमताको एटिआर ७२–५०० जहाजबाट बुधबारबाछ उडान सुरु गरेको हो ।
पहिलो चरणमा दैनिक दुई वटा उडान भर्ने जनाइएको छ । एटिआर बाहेक यतीले काठमाण्डौं–पोखरा–काठमाण्डौं रुटमा दैनिक १० वटासम्म उडान नियमित रुपमा भर्दै आएको छ।
७२ सिट भएपनि पोखरा विमानस्थलको धावनमार्ग कम भएकाले पूर्ण क्षमतामा भने यात्रु बोक्न सक्ने छैन ।