नेपालका लागी कतारी राजदुत युसुफ विनअल हेलले कतार सरकार नेपालको कृषि, पर्यटन लगायत अन्य क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।
नेपालको अर्थतन्त्र वृद्धिका सुचकहरुको पहिचान र सम्भावनाको खोजीका साथै व्यापार प्रवद्र्धनमा सहयोग पुर्याउने उद्धेश्यले बुधबार नेपाल चेम्बर अफ कमर्सले आज आयोजना गरेको अन्तरकृया कार्यक्रममा राजदुत हेलले यस्तो बताएका हुन ।
कतारमा ४ लाख नेपाली बैदेशीक रोजगारीमा रहेको र उनीहरुले मासिक २० लाख अमेरिकी डलर कमाउने उनले बताए । साथै उनले आगामी सन् २०२२ मा हुने विश्वकप फुटबलको तयारीका लागी अझ नेपाली कामदारको नै माग रहेको बताए ।
सोही कार्यक्रममा नेपाल चेम्बर अर्फ कर्मसका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालबाट हस्तकलाका विभिन्न सामानहरु बंगलादेश साउदी लगायतका मुलुकहरुमा निर्यात भइरहेको र अब कतारमा पनि ति समानहरुको निर्यात बढाउन कतार सरकारसंग संमन्वय भएको जानकारी दिए । नेपालमा सम्भावना रहेका आर्थिक गतिविधिहरुमा नेपालका उद्योगी व्यवसायीहरुलाई लगानी गर्न र निर्यात प्रबद्र्धन गर्न सुझाव दिदै अध्यक्ष श्रेष्ठले कतार र नेपालको व्यापारी सम्बन्ध सुमधुर बनाउन सकेमा देशको अर्थतन्त्र वृद्धि गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा सहभागि अन्य उद्योगी, व्यवसायीहरुले कतार र नेपाल बिचमा व्यापारी असहजताबारे जानकारी गराउदै सजताका लागि कतारी दुतवाससँग आग्रह गरेका थिए ।