अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 23:03

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल एक हप्तादेखि ठप्प, बिरामी मर्कामा, वार्ता हुन सकेन

बिआरटीनेपाल २०७५ असोज १७ गते ९:२५ मा प्रकाशित

कर्मचारीहरुको आन्दोलनका कारण पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल एक हप्तादेखि ठप्प रहेको छ । सेवा सुविधा लगायतका माग राखि हड्तालमा उत्रिएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र प्रशासनबिच पटक पटक वार्ताको प्रयास गरिए पनि वार्ता सफल हुन नसक्दा अस्पताल को स्वास्थ्य सेवा ठप्प भएको छ भने विरामीहरु मर्कामा परेका छन् । उपचारका लागि गाउँ गाउँबाट अस्पताल आए पनि विमारीहरु उपचार नगरी घर फर्कन बाध्य भएका छन् । कर्मचारीको आन्दोलका कारण अस्पतालका इमर्जेन्सी र आइसियु बाहेका सबै सेवा ठप्प छन् ।

गत बिहीबारदेखि काम ठप्प पारेर उनीहरु हड्तालमा उत्रिएका थिए । अस्थाइ कर्मचारी स्थाई गर्नुपर्ने र स्थाइ कर्मचारीको स्तर बृद्धि गर्नुपर्ने माग सहित कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् । अस्पताल प्रशासनले भने आफूहरुको कार्यक्षेत्रभन्दा बाहिरको माग भएकाले सम्बोधन गर्न गाह्रो परेको बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू