अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५१ | Colorodo: 07:06

पोखरामा यति एअरलाइन्सको एटीआर उडान शुरु

बिआरटीनेपाल २०७५ असोज १७ गते ९:१९ मा प्रकाशित

निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले पोखरामा ठुलो जहाज एटिआर ७२–५०० उडान शुरु गरेको छ । यतीले काठमाडौं–पोखरा–काठमाडौं रुटमा बुधबार देखि उडान शुरु गरेको हो । यतीले पछिल्लो पटक ल्याएको एटिआर विमानको ७२ सिट क्षमता भए पनि पोखरामा ६० जना यात्रु ल्याउने छ । पर्यटकीय सिजन शुरु भए सगै यात्रुको संख्या बढेकाले ठुलो जहाजबाट सेवा शुरु गरिएको यतीका एयरलाइन्सका सञ्चार अधिकृत भीमराज राईले जानकारी दिनुभयो । उहाका अनुसार बुधबार मात्रै एटिआर ७२–५०० ले बिहान ७ र ९ बजे गरी दुईपटक उडान भरेको थियो ।

अधिकृत रार्ईका अनसार आवश्यकता अनुसार पोखरामा उडान थप्दै लैजाने एयरलाईन्सको योजना रहेको छ । एटिआर बाहेक यतीले ३० सिट क्षमताको जेटस्ट्रिम ४१ जहाजबाट पनि अरु उडान गर्ने वताईएको छ । यतीले अहिले काठमाडौं–पोखरा –काठमाडौं रुटमा दैनिक १० वटासम्म उडान नियमित गर्दै आएको छ । बुद्ध एयरले यस अगाडी नै काठमाडौं पोखरा रुटमा एटिआर ७२ उडान भर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू