अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१७ | Colorodo: 22:32

३३ केजी सुन तस्करी प्रकरण – एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा

बिआरटीनेपाल २०७५ असोज १७ गते ९:१८ मा प्रकाशित

गृह मन्त्रालयले साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका दुई अधिकृतको निलम्बन फुकुवा गरेको छ । २०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी निलम्बनमा परेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरिएको गृह सचिव प्रेमकुमार राईले जानकारी दिनुभएको छ ।

उच्च अदालत विराटनगरले गत साता पुर्पक्षका क्रममा कारागारमा रहेका एसएसपी लोहनी, एसपी खनाल र डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । गृहन्त्रालयले एसएसपी लोहनी र एसपी खनालको कारवाही फुकुवा गरेपनि डिएसपी केसीबारे भने केही खुलाएको छैन ।

गृह सचिव राइले लोहनी र खनालले दिएको निवेदनका आधारमा कारवाही फुकुवा गरेको जानकारी दिनुभयो । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणपछि पक्राउ परेका लोहनी तत्कालीन अवस्थामा अपराध अनुसन्धान महाशाखा र खनाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू