अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६ | Colorodo: 23:21

अमेरिकाको ओरेगन राज्य अदालतमा नेपाल भाषा प्रयोग गर्न सकिने

बिआरटीनेपाल २०७५ असोज १५ गते ९:२३ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको ओरेगन राज्य अदालतमा नेपाल अर्थात नेवारी भाषा प्रयोग गर्न सकिने भएको छ । अमेरिकास्थित ओरेगन राज्यको अदालतले अदालतमा नेपाल भाषा प्रयोग गर्नसक्ने अधिकार दिएको हो । अंग्रेजी लगायतका अरु भाषा नजान्ने नेवार समुदायलाई नेपाल भाषाबाटै अदालतमा बयान दिने अधिकार दिएको र अदालतले दोभासे प्रयोग गर्ने जनाइएको छ ।
यही सेप्टेम्बर ११ देखि २३ सम्म भएको ओरेगन राज्यको व्यावसायिक दोभासेहरुको सम्मेलनले सो प्रस्ताव पारित गर्दै मागबमोजिम अदालतले पनि सो अधिकार दिएको जनाइएको छ ।

अमेरिकामा बसोवास गर्ने नेवार समुदायको तर्फबाट भाषाविद् दयारत्न शाक्यको पहलमा सो अधिकार प्राप्त गर्न सफल भएको जनाइएको छ । नेवार समुदायको आफ्नै मौलिक लिपि र भाषा भएकाले अदालती समस्या आए आफ्नै भाषा प्रयोग गर्न पाउने मागलाई सकारात्मकरुपमा लिँदै सो अदालतले यस्तो अधिकार दिएको जनाइएको छ ।

अब संवैधानिक अधिकार पालना गर्दै अदालती प्रक्रियामा नेपाल भाषाबाट पनि आफ्ना कुरा राख्न पाउने भाषाविद् शाक्यले जानकारी दिनुभएको छ । अमेरिकाका अरु राज्यहरुमा पनि यस्तो अधिकारका लागि पहल गर्ने शाक्यको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू