अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 22:13

निर्मला पन्तको न्यायको लागि महेन्द्रनगरमा धर्ना र प्रदर्शन

बिआरटीनेपाल २०७५ असोज १४ गते ९:१५ मा प्रकाशित

१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषी पत्ता लगाउन र उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार पनि महेन्द्रनगरमा धर्ना र प्रदर्शन गरिएको छ । स्थानीय महिलाहरुले प्रतिवेदन सार्वजनिकको माग गर्दै मदनचोकमा धर्नासँगै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
शनिबारदेखि नागरिक संघर्ष समितिले महेन्द्रनगर बजारको मदन चोकमा सुरु गरेको धर्ना जारी छ । दबाबमूलक संघर्ष समितिले पनि आइतबार महेन्द्रनगर बजारमा ¥याली निकालेर जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रतिवेदन सार्वजनिक गर्नुका साथै दोषी पत्ता लगाउनका लागि दवाव दिने उद्देश्यले चरणवद्ध आन्दोलन गर्ने संघर्ष समितिकी संयोजक हेलेन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू