अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 21:39

लागुऔषध र मदिराले महिला हिंसा बढ्योः गृहमन्त्री थापा

बिआरटीनेपाल २०७५ असोज १३ गते ९:३३ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले एक वर्षमा लागूऔषधको कारोबारमा ९० प्रतिशत, मदिरामा ५० प्रतिशत नियन्त्रण गरी सरकारले महिला तथा बालबालिका हिंसाका घटना पनि न्यूनिकरण गर्ने योजना बनाएको वताउनुभएको छ । लागू औषध र मदिराका कारण महिला हिंसा देशभर वृद्धि भएको भन्दै रोक्नको लागि गृहमन्त्रालयले यस्तो योजना ल्याएको गृहमन्त्री थापाले जानकारी दिनुभएको हो ।

प्रदेश नम्बर ५ स्तरीय लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बाल बालिका हिंसा न्यूनिकरण बिषयक सचेतना एवं अन्तरक्रिया कार्यक्रमलाई शनिवार बुटवलमा सम्वोधन गर्दै मन्त्री थापाले आवश्यक परे ऐन कानुन संशोधन गरेर पनि सरकारले अपराधिक गतिविधिमा संलग्नलाई कडा कारवाही गरी यस्ता घटनाको न्यूनिकरण गर्ने स्पष्ट पार्नुभयो ।

समाजलाई विकृति र विसंगतितर्फ लैजाने प्रमुख कारक लागूऔषध, मदिरा देखिएको भन्दै त्यसलाई पूर्ण सखाप गर्न जनता र प्रहरीबीच समन्वय गरेर अगाडि बढनुपर्ने थापाले वताउनुभयो । गृहमन्त्री थापाले हत्या बलत्कार जस्ता अपराधका घटनालाई राजनीतिकरण नगर्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू