अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२ | Colorodo: 00:47

निर्मला पन्त हत्या प्रकरणः आरोपितहरुको डिएनए रिपोर्ट जिप्रका कञ्चनपुरमा

बिआरटीनेपाल २०७५ असोज १३ गते ९:२५ मा प्रकाशित

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका तत्कालिन एसपी डिल्लीराज विष्टसहित ३ जनाको डीएनए परीक्षणको रिपोर्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्राप्त भएको छ । भदौ २८ मा निलम्बित एसपी बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश बिष्टको डीएनए परीक्षण गराउन रगतको नमूना संकलन गरिएको थियो ।

तीनै जनाको डीएनए रिपोर्ट जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरलाई प्राप्त भएको एसपी कुवेर कठायतले जानकारी दिनुभएको छ । आज शनिबार (विदा) परेकाले सिलबन्दी गरि प्राप्त भएको डीएनए रिपोर्ट भने खोलिएको छैन । प्राप्त रिपार्टलाई सरकारी वकीलसँग परामर्श गरेर आईतवार अदालतमा पेश गर्ने एसपी कठायतले वताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा तिनै जनाको डीएनए परीक्षण गरिएको हो । यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको डिएनए रिपोर्ट नमिलेपछि उनी छुटेका थिए । त्यस्तै, निर्मला पन्तको हत्या हुनु अगाडि उनी गएको घरकी रोशनी र बबिता बम पनि छुटिसकेका छन् । साउन १० गते रोशनीको घर गएकी निर्मलाको साउन ११ गते विहान नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू