अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 01:41

दक्षिण कोरियाली राष्ट्रपतिद्धारा उत्तर कोरियाको सार्वजनिक समारोहमा ऐतिहाँसिक सम्वोधन

बिआरटीनेपाल २०७५ असोज ४ गते ९:३३ मा प्रकाशित

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले उत्तर कोरियाको एक सार्वजनिक कार्यक्रममा ऐतिहाँसिक सम्वोधन गर्नुभएको छ । सो सम्वोधनमा उहाँले दुई कोरिया एक हुनुपर्ने वताउनुभयो । उत्तर कोरियाको राजधानी प्योङयाङमा आयोजित समारोहमा उहाँले दुई कोरिया युद्धअघिजस्तै एक हुनुपर्ने वताउनुभएको हो ।

सम्बोधनका क्रममा मुनले उत्तर कोरियालाई आणविक हतियार स्थायीरुपमै हटाउन आग्रहसमेत गर्नुभयो । उत्तर कोरियामा सार्वजनिक समारोहमा सम्बोधन गर्ने उहाँ पहिलो दक्षिण कोरियाली नेता हुनुहुन्छ । उत्तर कोरियाको ७० औं स्थापना दिवसमा आयोजित उक्त समारोहमा सहभागी दशौं हजार मानिसले नाचगान एवं जिम्न्याष्टिकलगायतका प्रस्तुति देखाएका थिए । यस्ता प्रस्तुतिले कोरियाको इतिहास र किंवदन्ती बोकेको बताइएको छ ।

राष्ट्रपति मुन तीनदिने प्योङयाङ भ्रमणका क्रममा हुनुहुन्छ । भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग परमाणु निःशस्त्रीकरणका विषयमा उहाँले ऐतिहासिक सहमति समेत गर्नुभएको छ । उहाँ बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू