अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४५ | Colorodo: 20:00

कञ्चनपुर घटनामा गल्ती गर्ने कसैलाई पनि उम्किन दिइँदैन : महानिरीक्षक खनाल

बिआरटीनेपाल २०७५ भदौ २२ गते १९:१६ मा प्रकाशित

कञ्चनपुर — नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टामकि १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषी र अनुसन्धानमा लापरबाही गर्ने कोही पनि उम्किन नपाउने बताएका छन् ।

उनले दोषीलाई कुनै हालतमा पनि कानुनको दायरामा ल्याइछाड्ने र लापरबाही गर्नेको जागिरसमेत जान सक्ने बताए।तत्काल दोषी देखेरै एकजनालाई निलम्बन गरिएको छ, अरू पनि दोषी देखिए निलम्बन मात्रै होइन जागिर नै जान सक्छ,’ राष्ट्रिय मानव अधिकार आयोगले महेन्द्रनगरबाट सुरु गरेको महिला हिंसा न्यूनिकरण, मानव अधिकारको संरक्षण एवं सुरक्षा र नेपाल प्रहरीको जवाफदेहिता विषयक राष्ट्रिय अभियानको उद्घाटन समारोहमा बोल्दै महानिरीक्षक खनालले भने, ‘दोषी एसपी होस् वा डिआइजी होस् कसैलाई पनि छाडिने छैन।’

उनले लापरबाही र गल्ती गर्ने कर्मचारी प्रहरी सङ्गठनमा अटाउन नसक्ने बताए।

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया