अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 07:07

म्यानमारको नरसंहारमा उच्च सैन्य अधिकृतविरुद्ध अनुसन्धान गर्नुपर्ने राष्ट्रसंघको ठहर

बिआरटीनेपाल २०७५ भदौ १२ गते ९:३० मा प्रकाशित

संयुक्त राष्ट्रसंघको एउटा रिपोर्टले म्यानमारको रखाइन प्रान्तमा भएको नरसंहार र अरु क्षेत्रमा मानवताविरुद्धको अपराधमा उच्च सैन्य अधिकृतविरुद्ध अनुसन्धान गर्नुपर्ने ठहर गरेको छ । सयौं अन्तर्वार्ताहरुमा आधारित रिपोर्टमा मुस्लिम अल्पसंख्यक रोहिंग्याविरुद्धको हिंसाका सम्बन्धमा राष्ट्रसंघको यो सबैभन्दा कडा निन्दा हो । म्यानमारको सेनाको रणनीतिहरु वास्तविकरुपमा सुरक्षा चुनौतीका सम्बन्धमा अत्यन्त अनुपयुक्त भएको रिपोर्टमा उल्लेख छ । यसमा ६ जना उच्च सैन्य अधिकृतको नाम उल्लेख गर्दै उनीहरुलाई सुनुवाइमा लैजाउनुपर्ने जनाइएको छ ।

यस्तै, हिंसा रोक्न हस्तक्षेप नगरेको भन्दै प्रजातन्त्रवादी नेत्री आङ साङ सुचीको पनि आलोचना गरिएको छ । राष्ट्रसंघले आफ्नो रिपोर्टलाई अन्तर्रा्ष्ट्रिय फौजदारी अदालतलाईसमेत सिफारिस गर्नुपर्ने जनाएको छ । म्यानमारको सरकारले भने सैन्य कारबाही लडाकू र विद्रोहीको चुनौतीविरुद्ध लक्षित रहेको जनाउँदै आएको छ । रखाइन प्रान्तमा चर्किएको हिंसाका कारण कम्तीमा ७ लाख मानिस पलायन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू