नेपाली साङ्गीतिक आकाशमा चम्किलो ताराको रूपमा उदाउदै गरेकी गायिका हुन सरु गौतम, सानै देखि गायनमा रुचि राख्ने चर्चाको शिखर टेक्दै गरेकी गायिका सरु गौतम विगत लामो समय देखि बिधिबत रुपमानै व्यावसायिक गायन क्षेत्रमा प्रवेश गरेकी हुन् ।विगत लामो समय को अवधिमा सङ्गीत क्षेत्रमा उनले पछाडि फर्केर हेर्नु परेको छैन लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी छिन । आफ्नो सुमधुर आवाज, मेहनत र परिश्रमले गर्दा नै उनले यो सफलता हासिल गर्दै गएकी हुन l राजधानीको नजिकै रहेको काभ्रे जन्मथलो भएकी गायिका सरु गौतम काठमाडौँलाई कर्मथलो बनाएर साङ्गीतिक क्षेत्रमा उदाएको नाम हो l
विभिन्न चर्चित गीतहरू गाउँदै चर्चाको शिखरमा चढ्दै गरेकी गायिका ‘सरु’ नेपाली सुगम सङ्गीतमा चल्तीको नाम हो । सुमधुर स्वरकी धनी सरु पछिल्लो समय पप गीत, आधुनिक गीत, तिज तथा लोकगीत र चलचित्रको पार्श्व गायन तथा अन्य उनका चर्चित गीतहरूका कारण बढी चर्चामा छिन् ।
करिब ५/६ वर्ष देखि साङ्गीतिक क्षेत्रमा सक्रिय सरुले लगभग सय भन्दा बेसी गीत गाइसकेकी छन् । छोटो समयमा नै आफूलाई नेपाली साङ्गीतिक क्षेत्रमा स्थापित गर्न सफल तथा हिट गीतहरू दिएर सम्पूर्ण सङ्गीत प्रेमी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू माझ चर्चित बन्न सफल उनी निरन्तर नेपाली सुगम सङ्गीतमा आफूलाई स्थापित बनाउन सफल भएकी छिन भने आफूलाई भर्सलटाइल गायिकाको रूपमा स्थापित गरेर निरन्तर चर्चामा नै छिन l गायिका सरु देश भित्र मात्र नभएर विदेशमा हुने कार्यक्रममा समेत उनको माग बढ्दै गएको छ भने उनको स्वर तथा गायन शैलीको चौतर्फी प्रशंसा हुने गरेको छ l उनी गायिका मात्र नभएर एक मोडलको रूपमा समेत चिनिन्छिन् l
सुमधुर आवाजको साथै सुन्दर मुहार र मिलेको शरीर भएकी सुन्दरी गायिका सरु सुन्दर तन सँगै सुन्दर मनकी पनि धनी छिन l सरल सधैँ हाँसेर बोल्ने अति नै मिलनसार स्वभावकी मिठो आवाजको धनी गायिका सरुले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छिन l उनलाई एक बहु बहुआयामिक प्रतिभाशाली, भर्सलटाइल गायिका भन्न सकिन्छ, साँच्चै उनीमा हर प्रकारको गीत गाउन सक्ने क्षमता पनि छ उनको नेपाली भाषामा, नेपाली आधुनिक गीत, गजल, भजन, लोकगीत, तथा नेपाली फिल्मी गीतहरू सबै क्षेत्रमा उनको मिठो आवाज सुन्न सकिन्छ भने उनी जुन सुकै गीतलाई पनि उल्टो बाट गाउन सक्ने प्रतिभाको धनी छिन । त्यसैले त उनी भन्छिन् गीत सङ्गीत मेरो प्राण हो, सङ्गीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ l गायिका सरु भन्छिन् नेपाली सङ्गीत भनेको हाम्रो सम्पत्ति हो संस्कृति हो, त्यसैले हामीले यसलाई सम्रक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तव्य हो र नेपाली साङ्गीतिक क्षेत्र तथा गीत सङ्गीतको स्तरलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउनु पनि हाम्रो दायित्व हो l